विराटनगर : पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ । मण्डलको मंगलबार विहान विराटनर महानगरपालिका वडा नम्बर ९ मा रहेको आफ्नै निवासमा मृत्यु भएको परिवारिक सदस्य जस्मिन मण्डलले जानकारी दिएकी हुन् ।
मण्डलको जहँदा गाँउपालिकाको मझारेमा रहेको पूर्खौली घरमा शव पुराइएको छ । मण्डलको वीधिपूर्वक अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन् । मण्डल राजतन्त्र र हिन्दुत्वको पक्षमा रहदै आएका थिए । २०४६ सालअघि राजाको पक्षधर रहेका मण्डलले प्रजातन्त्र आइसकेपछि नेपाल सद्भावना पार्टीको नेतृत्व तहमा रहेका थिए । गजेन्द्र नारायणसिंहको निधनपछि सद्भावनाको नेतृत्व मण्डलले लिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शाहीकालिन उपप्रधानमन्त्री समेत बनेका मण्डल २०४६ पछि विभिन्न राजनितिकहरुसंग जोडिदै आएर पछिल्लो समयमा राजावादी बनेका थिए । मण्डलका दुई श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन् । मण्डल परिवारसदस्यका अनुसार ४ भाइ छोरामा एक जनाको यसअघि नै निधन भईसकेको छ ।
प्रतिक्रिया