काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन राजनितिक दलका शिर्ष नेता सहित प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त रुपमा भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका हुन् ।
राष्ट्रपतिसंगको भेटमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि राष्ट्रपतिसंग प्रधानमन्त्री कार्कीका साथै तीन दलका शिर्ष नेताहरुको भेट पहिलो पटक हो ।
प्रतिक्रिया