तत्कालिन गृहमन्त्री लेखकलाई ७ दिन भित्र बयानका लागि उपस्थित हुन पत्र

मंगलबार, ०८ पुस २०८२
फाइल फोटो

काठमाडौँ : जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई ७ दिन भित्र बयानका उपस्थित हुन पत्र काटेको छ । आयोग स्रोतका अनुसार विघटित सरकारका तत्कालिन गृहमन्त्री लेखकलाई बयानका लागि आयोगले मंगलबार पत्र काटेको हो ।

लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको स्रोतले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार