काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया