झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गयो

शनिबार, ११ चैत्र २०७९
काठमाडौँ । धामीझाँक्रीको उपचारमा भर पर्दा कैलाली एक गर्भवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको मृत्यु भएको हो । घरनजिकै अस्पताल भएपनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो । बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो । ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन् । त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्‍याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो । कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन् । कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन । उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए । उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार