विराटनगर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सरकारले अध्यादेशबाट देश चलाउनु गलत भएको उल्लेख गरेकी छिन् ।
बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेसागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सरकारले अध्यादेशबाट नभई सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।
नेपाली काँग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष समेत रहेकी सङ्ग्रौलाले भनिन् ‘संविधानको मूल संरचना परिवर्तन नहुने गरी संविधान संशोधन हुनुपर्दछ भन्ने कुरामा काँग्रेस प्रतिबद्ध रहेको छ । यो बहस लोकतन्त्रको केन्द्रबिन्दु विराटनगरमा सुरु भएकोले एउटा निचोड निस्कने छ ।’
प्रधानमन्त्रीले २०८७ मा संशोधन हुन्छ भन्ने कुराको विरोध गर्दै सङ्ग्रौलाले प्रधानमन्त्रीले ७ बुँदे प्रतिविद्धताको विपरीत कार्य गर्न खोजेको बताइन । सङ्ग्रौलाले सरकारले जनतामा आशा जगाउन नसेकेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
उनले भनिन् ‘पछिल्लो सामाजिक सञ्जाल विद्येकका नाममा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित नहोस् ।’
प्रतिक्रिया