विदेश निर्यात हुन्छ इलाममा उत्पादित जडीबुटी

विहीबार, १७ माघ २०८१
इलाम : इलाममा उत्पादित जडीबुटी विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकाको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । इलाम माइजोगमाई गाउँपालिकाका नित्यराज दहालले १३ वर्ष अघि स्थापना गर्नु भएको उद्योगबाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । गएको वर्षबाट नै यहाँबाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको सञ्चालन दाहालले बताए । ११ वर्षसम्म स्थानीय बजारकै खोजीमा रहेको ओखती पछिल्लो समय विभिन्न देशहरूमा निर्यात हुन थालेको उनले बताए । विशेष गरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको सञ्चालक दाहालको भनाई छ । गाउँमा नै पाइने पाती, धुपी, मेन्था, धसिंगरे लगायतबाट तेल प्रशोधन गरिन्छ । हाल पाती, मेन्था र धुपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको छ । निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरी लगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपालली प्राकृतिक वस्तु मन पराउने गरेकाले आफ्नो उत्पादन विदेश निर्यात हुन थालेको उद्योगका सञ्चालक नित्यराज दहालले बताए । उद्योगका सञ्चालक दहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने गराउने गर्नुहुन्छ । ध्यान गर्न आएका बिदेशीहरुले नै उत्पादित वस्तु खरिद गरेर लैजान गरेको दहालले बताए । सुरुसुरुमा विदेशीले सामान्य रूपमा लगेपनि हाल उत्पादित सबै बस्नु लैजान थालेको दाहालको भनाई छ । उत्पादन गर्न सक्दा सबै बस्तु बिक्री हुन थालेपछि आफूमा समेत हौसला बढेको दाहालको भनाई छ । हाल उत्पादित मेन्थाको तेल स्थानीय बजारमा खपत भइरहेको छ । तीतेपाती र धुपीको तेल अन्तराष्ट्रिय बजारसम्म पुग्न थालेको छ । यसै वर्षदेखी पाती र धुपीको तेल फ्रान्ससम्म जान थालेको छ । ध्यान गर्न आएका बिदेसी नागरिकले अत्यन्तै मन पराउने र लैजाने गरेको उनले बताए । धुपीको तेल २५ सय प्रति किलो, तीतेपातीको तेल ६ हजार प्रतिकिलो, मेन्थाको तेल सात हजार प्रतिकिलो र धसिङ्गरेको तेल सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ । धसिङ्गरेको उत्पादन पनि गाउँमा नै सुरु भइसकेको छ । दहाल आफैले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । बाँकी स्थानीयले उत्पादन गरेको प्रशोधन गरेर तेल उत्पादन हुने गरेको छ । गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गर्ने गरेको उनले बताए । धुपी प्रतिकिलो आठ रुपियाँ र तीतेपाती प्रतिकिलो ४ रुपियाँले घरमा नै गएर खरिद गर्ने गरेको उनको भनाई छ । माईजोगमाई गाउँपालिकाको प्याङमा नै स्थापना गरेको ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थानीय तह देखी घरेलु तथा साना उद्योग कार्यालयसम्म दर्ता गरिएको छ । गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीय सतरमा नै व्यावसायिक बनाउन आफ्नो प्रयास रहेको स्थानीय केशव दहालले बताए । उद्योगबाट यस वर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरिएको बताइएको छ । यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ । उत्पादित तेल रुघाखोकी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने गरेको सञ्चालकको भनाई छ । साथै मालिस गर्न एकदमै ठिक हुने बताइएको छ । यसको प्रयोगकर्ताहरूले पनि यो तेलबाट दुखाई कम भएको बताउने गरका छन् । हाड जोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले एक पटक प्रयोग गरेपछि पुन प्रयोगका लागि खरिद गर्न आउने गरेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार