सभामुख घिमिरेद्वारा पाँच दिवसीय अनुष्ठानको उद्घाटन

विहीबार, १७ माघ २०८१
झापा । बिर्तामोड ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राण प्रतिष्ठा गर्नु अघि पाँच दिवसीय अनुष्ठान सुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटन अघि कलशमा गंगाजल अर्पण गरेपछि सुरु भएको शोभा यात्रा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर विसर्जन गरिएको थियो । शोभा यात्रामा सभामुख घिमिरे आफैँ सरिक भएका थिए । एकहजार भन्दा धेरै भक्तजनको सहभागितामा भएको शोभा यात्रामा सभामुख घिमिरे शनिश्चरे रोड हुँदै मुक्ति चौक परिसरसम्म हिँडेरै सहभागी बनेका थिए । आचार्य आशुतोष खनालको संयोजनमा २१ जना ब्राह्मण र एक सय जना बटुक समेत शोभा यात्रामा सहभागी बनेका थिए । पञ्चेबाजा सहित निकालिएको शोभा यात्रामा स्थानीय भजन कीर्तन समूहका महिलाहरू समेत सरिक थिए । विभिन्न भेसभुसामा सजिएर कलश यात्रामा सरिक महिलाहरूले गायत्री माताको मन्त्र उच्चारण गरेका थिए । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता , बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान सुरु भएसङै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजना गरिएको महाप्रसाद वितरण गरिने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए । आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ । आगामी माघ २१ गते विधि पूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार