सातबुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ : सभापति देउवा

शुक्रबार, १८ माघ २०८१
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबीचको सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् । ‘सात बुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’ सभापति देउवाले भने, ‘सहमति कार्यान्वयन हुने छ, अन्य सहयोग दलको निरन्तर सहयोग रहने छ भन्ने मैले विशवास लिएको छु ।’ उनले सरकारलाई दृढ समर्थन रहेको बताउँदै मूल्यांकन गर्न ६ महिना पर्याप्त नहुने बताए । ‘सरकारको मूल्यांकनका लागि ६ महिना मात्रै पर्याप्त होइन’, उनले भने, ‘यसबीचमा केही राम्रा काम भएका छन् । विस्तारै सरकारले नतिजा निकाल्नेछ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार