आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

शुक्रबार, १८ माघ २०८१
काठमाडौं :  अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा आजै थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने निर्णय भएको हो। तामाङविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको थियो। ४ असोज २०८१ मा उनले सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० जाने क्षेत्रको झोलुङ्गे पुलमा लगाइने शुल्कको विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शुल्कको रसिदसमेत जलाएकी थिइन्। उनको उक्त कदमलाई लिएर सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रव सम्बन्धी जाहेरी दिएको थियो। यसअघि काठमाडौंको जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार