भन्सार छलेर ल्याइएका सामान बरामद

शुक्रबार, १८ माघ २०८१
रौतहट । रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्राइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएका गस्ती टोलीले तस्करीको माध्यमबाट भित्राइएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अवैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो । प्रहरी टोलिले किराना र कपडा लगायतका सामान बरामद गरेको उनले जानकारी दिए । गौर नगरपालिका वडा न ४ बसपार्क एरियाबाट सामान बरामद भए पनि मानिस पक्राउ नपरेको उनले बताए । बरामद गरेको सामानको करिब एक लाख १२ हजार रुपैयाँ मूल्याकंन गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।उक्त सामानहरू आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार