गायिका एलिना चौहानद्वारा पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर

शुक्रबार, १८ माघ २०८१
काठमाडौँ : गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रवार वारेसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबिच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौँ फर्किएपछि उनीहरूबिच राम्रो सम्बन्ध नरहेको चर्चा थियो । सम्बन्ध विच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्का उपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले माना चामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार