काठमाडौं : विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तीन जना भाग्यशाली विजेताहरू पुरस्कृत भएका छन् ।
रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आइफोन १६ प्राप्त गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्रमार्फत आइएमईका तीन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।
यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजनाको पहिलो चरणको मासिक उपहारअन्तर्गतको असोज कात्तिक र मंसिर महिनाको आइफोन सिक्सटिनको विजेता छनोट भएको हो ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो ।
यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिकअप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजनाअन्तर्गत ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना यही पुस २०८१ देखि साउन २०८२ सम्म रहनेछ जसमा तीन जना भाग्यशाली विजेताले दोस्त पिकअप ट्रक जित्न सक्नेछन् ।
आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।
आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र त्यस रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।
प्रतिक्रिया