काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बढेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ बढाइएको छ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ। नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
प्रतिक्रिया