ताप्लेजुङ । घरायसी विवादका कारण भाउजूलाई कुटपिट गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।
भाउजूलाई कुटपिट गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका - २ खेजेनिमका ५७ वर्षीय विष्णुकुमार लिम्बूलाई नियन्त्रणमा लिइएको हो । भाउजूलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
उनले ५६ वर्षीया भाउजू सुक माया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहारसहित शरीरका विभिन्न भागमा नीलडाम रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया