कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारी साधनलाई छुट पुर्जी रोक्का गरिने बताए ।
इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डीएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरू र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरूबारे प्रशिक्षित गरे । उनले सवारी ऐनको दफा १६१ र १६२ का चालकहरूलाई हुने कानुनी सजायबारे प्रस्तुत गरे।
सडकमा हिँड्दा चालकहरूले अपनाउनुपर्ने ट्राफिक नियमहरूबारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले अनुशिक्षण गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका एक सय पाँच जना यातायात मजदुरहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया