पाँचथर बहुमुखी क्याम्पसको दोस्रो साधारण सभा सम्पन्न

शनिबार, १५ कार्तिक २०८२
क्याम्पसको साधारण सभा उद्घाटन सत्रमा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष सुरराज थापा

पाँचथर । पाँचथर बहुमुखी क्याम्पसको दोस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

सदरमुकाम फिदिम स्थित पाँचथर उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न साधारण सभाले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि प्रस्ताव गरेका कार्यक्रमसँगै सभामा प्रस्तुत आर्थिक र सांघठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिका अध्यक्ष सुवराज थापाले क्याम्पसका भौतिक पूर्वाधार पुराना भइसकेकाले पुनः निर्माण गर्नुपर्ने,शिक्षालाई सबैको पहुँचमा पु¥याउन गरिब,जेहेन्दार,अपल्पसंख्यक र दलित समुदायका विद्यार्थीलाई गरिने छात्रवृत्तिको दायरा बढाउनुपर्ने र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने लगायतका प्रस्ताव राख्नु भएको थियो ।

यो क्याम्पसमा  शिक्षा,व्यवस्थापन र मानविकी सङ्कायमा स्नातक तथा शिक्षा शास्त्र सङ्कायमै स्नातकोत्तर तहसम्म पठन पाठन हुँदै आएको छ ।

२०३९ सालमा स्थापना भएको यो क्याम्पसमा हाल ६ सय ९१ विद्यार्थी अध्ययनरत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा जिल्ला स्थित शैक्षिक र प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँगै राजनैतिक दल र सामाजिक संस्थाका पदाधिकारीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा बोल्ने अधिकांशले क्याम्पसले समयानुकूल शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार