जेनजी आन्दोलनका क्रममा फरार थुनुवा पक्राउ

विहीबार, १७ पुस २०८२

दमक : जेनजी आन्दोलनका क्रममा इप्रका दमकको हिरासत कक्षबाट भागेर फरार रहेका लागू औषध मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसा आन्दोलनका क्रममा हिरासतबाट फरार भएका दमक नगरपालिका–८ का २८ वर्षीय राजिप मण्डललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई इप्रका दमकमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार