झापामा सामान अनलोड गर्ने क्रममा लडेका पुरुषको मृत्यु

विहीबार, १७ पुस २०८२

झापा । जिल्ला झापा कन्काई नगरपालिका–९ मन्त्रीबारीस्थित रावण मर्कीको घरको आँगनमा सामान अनलोड गर्ने क्रममा लडेपछि एक पुरुषको मृत्यु भएको छ। आज (बिहिबार) बिहान करिब ११ः१५ बजेको समयमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४७ वर्षीय सुब्बा नगरकोटी अचानक ढलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नगरकोटी मृतकको जेठी श्रीमती बडकी नगरकोटीसँग काठमाण्डौमा बस्दै आएका थिए। हाल बसाई सरेर कन्काई–९ मन्त्रीबारीस्थित घरमा सामान झार्दै गर्ने क्रममा अचानक ढलेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

प्रारम्भिक जानकारीअनुसार उनी विगतदेखि नै छारे रोगसम्बन्धी बिरामी रहेको बुझिएको छ। घटनापछि थप कानुनी प्रकिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार