झापा : विद्यालय जाँदै गरेकी नाबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा झापाको भद्रपुरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर १ का मंगल टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
टुडुले तीन दिनअघि बिहान करिब १० बजे विद्यालय जाने क्रममा १४ वर्षीया वालिकालाई बाटोमा रोकेर जिस्क्याउने तथा अश्लील गतिविधि देखाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
पीडित नाबालिकाकी आमाले कानूनी कारबाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै टुडुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि विद्यालय जाने विद्यार्थीलाई लक्षित गरी यस्तै किसिमका गतिविधि गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका टुडुलाई आज जिल्ला अदालत झापामा पेश गरी थप अनुसन्धान सहित कानूनी कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया