काठमाडौँ : घुस लिएर भ्रष्टाचार गरेको आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।
बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
विशेष अदालतले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा राख्नुपर्ने ठहर गरेको हो।
प्रतिक्रिया