चार दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

सोमबार, २१ माघ २०८१
काठमाडौं  : चार दिनयता सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार यता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।  महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, शनिवार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर  कारोबार भएको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार