इटहरी : इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करणको तयारी तीव्र पारिएको छ ।
आयोजक राष्ट्रिय जागृति (राजा) क्लव इटहरीले आफ्नो टिमको जर्सी सार्वजनिक गरेको हो ।
आगामी फागुन ३ गतेदेखि सुरू हुन लागेको उक्त प्रतियोगितामा राजा क्लबले प्रयोग गर्ने नयाँ जर्सी सेतो र रातो रङ्गको आकर्षक संयोजनमा तयार गरिएको छ ।
मोबाइल ब्रान्ड भिभोले यसपटक राजा क्लबको जर्सी प्रायोजन गरेको हो ।
जर्सी सार्वजनिकीकरण कार्यक्रममा क्लबका कोषाध्यक्ष अनुरोध थापाले भिभो मोबाइलप्रति आभार व्यक्त गरे । व्यावसायिक संस्थाहरूले खेलकुद क्षेत्रमा गरेको सहयोगले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले बताए ।
नयाँ सार्वजनिक भएको जर्सी लगाएरै बुढासुब्बा गोल्डकपको आजको खेलमा राजा क्लब सहभागी भएको थापाले जानकारी दिए ।
धरानमा चलिरहेको २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति कल इटहरी र भुटानको आरटिसी फुटबल क्लबबीच भएको थियो ।
इटहरी गोल्डकपलाई व्यवस्थित र स्तरीय बनाउन विशेष तयारी गरिरहेको उनले बताए ।
भिभो नेपालको पूर्वी क्षेत्र प्रमुख निमेष घिमिरेका अनुसार वर्ष २०२५ भरका खेलकुद प्रतियोगितामा राजा क्लबले भिभो अङ्कित टिसर्ट लगाएर खेल्नेछ ।
पूर्वी नेपालको खेलकुद क्षेत्रमा व्यावसायिक साझेदारी गर्न पाउँदा आफूहरू हर्षित रहेको घिमिरेले बताए ।
प्रतिक्रिया