केराबारी । केराबारी व्यापार प्रबन्ध समिति प्रस्तावित: केराबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा किशन शाही सर्वसम्मत निर्वाचित भएका छन् ।
सङ्घको पौष १९ गते सम्पन्न आठौँ साधारण सभाबाट दोस्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो सङ्घमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद सम्हाल्दै ३ वर्ष अघि अध्यक्षमा निर्वाचित भएका थिए ।
यसैबिच नवगठित समितिका उपाध्यक्षमा मनुका थापा महासचिवमा अम्बिका भण्डारी,सचिवमा रमेश अधिकारी र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ यस अघि पनि कोषाध्यक्ष नै थिए ।
त्यसै गरी सदस्यहरूमा उपेन्द्र बहादुर बस्नेत,गोमा कटुवाल,मतिकुमारी तामाङ,डेविड बराइली,उत्तम कुमार घिसिङ सर्वसम्मत चयन भएका छन् । १५ सदस्यीय सो समितिको बाँकी ४ जना सदस्यहरू भने कार्यसमितिबाट मनोनीत हुने व्यवस्था रहेको छ । समितिको कार्यकाल ३ वर्षे रहने व्यवस्था रहेको छ ।
पहिलो कार्यकाल पुरा गरी शाहीकै नेतृत्वमा केराबारीमा डिजिटल स्वागत गेट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो । गेटको पहिलो चरणको काम सम्पन्न भएको र यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको व्यापार सङ्घले जनाएको छ ।
नव गठित समितिलाई निर्वाचन आयोगका संयोजक टेकबहादुर थपलियाले सपथ गराउनुका साथै प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको केराबारी व्यापार प्रबन्ध समिति मोरङ व्यापार सङ्घको नवौँ शाखा समिति हो ।
प्रतिक्रिया