धरान : धरानबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ।
धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकमा रोकेको कारबाट प्रहरीले ४१० किलो गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले आज (मङ्गलवार) बिहान २ः३० बजे धरान उप महानगरपालिका–६ पानमारा जङ्गलस्थित सेउती पुलमा बेवारिसे अवस्थामा रहेको बा १५ च ७६३३ नम्बरको गाडीबाट गाँजा बरामद गरेको छ।
गाँजासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया