क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी’

मंगलबार, २२ माघ २०८१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् । मङ्गलवार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यान्सरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरू गर्न जरुरी रहेको बताएका हुन् । उनले भने, ‘हामीले क्यान्सर निवारणको लागि अझै थुप्रै कामहरू गर्न जरुरी छ । यसमा चैँ उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, दिदिहरु र मेरा समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसङ छ । यो भनेको भयावह अवस्था हो । त्यसैले यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्‍याउन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनको र हाम्रो पनि लक्ष्य त्यही छ । यो निवारणको तहमा पुर्‍याउनको लागी हामीहरू सबैले मेहनत गर्न जरुरी छ ।’ मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रस्ट दृष्टिकोणसहित अगि बढ्ने बताए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार