यी दुवै सवारी साधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्दै ग्राहकहरूलाई वातावरणमैत्री यात्रा गर्ने अवसर उपलब्ध गराएका छन्।
कार्यक्रमको क्रममा, आगन्तुकहरूले सवारी साधनहरूको टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता आकर्षक अफर प्राप्त गरे।
श्रीजा अटोमोबाइल्स प्रालिको यो क्याम्प विराटनगर र कोशी प्रदेशका ग्राहकहरूको लागि अत्यन्तै लाभकारी अवसर साबित भएको थियो, जसले उनीहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि र अफरहरूको बारेमा जानकारी दियो।
क्याम्पमा ५० जना भन्दा बढिले टेस्ट ड्राइभ गरेका थिए ।
क्याम्पमा १०० जना भन्दा बढिले अवलोकन गरेका थिए भने एक्सचेन्ज क्याम्पमा लक्की ड्र समेत गरिएको थियो । विराटनगरका डा राम सागर लक्की ड्र को विजेता बने ।
क्याम्पको सफलतापूर्वक सम्पन्नता नै श्रीजा अटोमोबाइल्स र साङ्ग्रिला मोटर्सका बिचमा अझ बलियो साझेदारीको सङ्केत हो रहेको बताइएको छ । ग्राहकहरूको आवश्यकता र आशा पुरा गर्दै भविष्यमा पनि उच्च गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउने प्रतिबद्धता श्रीजा अटोमोबाइल्स र साङ्ग्रिला मोटर्सको रहेको छ।
प्रतिक्रिया