काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ को आयोजना गर्ने भएको छ । विदेश जाने विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ इन्लाइटनले एक दिने उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
इन्लाइटन इन्टरनेसनल एजुकेशनकी कार्यकारी निर्देशक सिता भट्टराईका अनुसार यही माघ २४ गते बागबजारस्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रमबाट अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूएसए, यूके र क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिइने छ । सो कार्यक्रममा सोही देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रही परामर्श दिने छन् ।
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूको चाहनालाई मध्यनजर गरी गरेको यो कार्यक्रमले विदेशी विश्वविद्यालय र त्यहाँको अवस्था थाहा पाउनका लागि मद्दत गर्ने कार्यकारी निर्देशक भट्टराईले बताइन् । ५ वटा देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने यो कार्यक्रमले विद्यार्थीलाई धेरै सहज बनाउने विश्वास लिइएको छ ।
‘हामीले विदेश गएर विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरूको लागि कलेज र विश्वविद्यालयको प्रत्यक्ष जानकारी दिने लक्ष्य राखेर यो कार्यक्रम राखेका छौं, यसले विदेशी विश्वविद्यालय बुझ्ने र जान चाहनेको लागि निकै मद्दत गर्छ,’ उनले भनिन् । कार्यक्रमबाट शैक्षिक परामर्श निःशुल्क लिन पाउने इन्लाइटनले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई उक्त दिन इन्लाइटनले परामर्शसँगै रिचार्ज कार्ड, मुभी टिकट र गिफ्ट ह्याम्परको पनि व्यवस्था मिलाएको छ ।
साढे एक दशकदेखि विदेश बढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विदेश पढ्न जान चाहने विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलगै छवि बनाउन सफल छ ।
प्रतिक्रिया