सुन्दरहरैँचा : विराट अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपका फाइनल खेल आज हुने भएका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली विराट भेट्रान ए र बी आमनेसामने हुने भएका हुन्। फाइनल खेलमा आयोजक कै दुई टोली उपाधिका लागि भिड्न लागेका हुन्।
विराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख एक हजार १११ रुपैयाँ हात पार्नेछ। उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपमा स्वदेशका ८ तथा विदेशका २ गरी भेट्रान टिमको सहभागिता रहेको छ।
प्रतिक्रिया