विराटनगरमा पानी जमेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृत्यु

शनिबार, २६ माघ २०८१
विराटनगर : विराटनगरमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार विराटनगर महानगरपालिका–१८ खोक्साका विजय ठाकुरका ६ वर्षीय छोरा प्रिन्स ठाकुरको खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीयहरूका अनुसार बालक साथीहरूसँग खेल्दै गर्दा खेतबारीमा रहेको ठूलो पानी जमेको खाल्डोतर्फ गएको अनुमान गरिएको छ। खेल्ने क्रममा अनियन्त्रित भई खाल्डोमा खसेपछि बालक निस्कन नसकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि बालकलाई अचेत अवस्थामा देखेर परिवारका सदस्यहरू र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि कोशी अस्पताल लगेका थिए। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले दिउँसो २:१५ बजे बालकलाई मृत घोषित गरेका थिए। स्थानीय बासिन्दाहरूले खेतबारी तथा निर्माणस्थलहरूमा खाल्डाखुल्डी खुला रूपमा छोडिँदा यस्ता दुःखद घटनाहरू दोहोरिने खतरा रहेको बताउँदै खाल्डाहरूलाई पुरेर वा सुरक्षित रूपमा छोपेर बालबालिकाको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाउनुपर्ने बताएका छन्। यस घटनापछि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार