काठमाडौँ । सभामुख देवराज घिमिरेले नवीकरणीय ऊर्जाको प्रवर्द्धन,वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरू संसदमार्फत अगाडि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य रहेको बताए ।
उनले भने,‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य छ । विशेष गरी जीवनयापन सङ्कट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास गर्न आवश्यक छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन,वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरू बजेट संसदमार्फत अगाडि बढिरहेका छन् ।’
त्यस्तै उनले नेपालले आफैँले नगरेको अपराधको सजायका रूपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्यधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उनको भनाई छ ।
उनले भने,‘नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्यधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।’
प्रतिक्रिया