फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौँडा इजलासमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा। निर्मला पौडेल भट्टराईले मङ्गलवार अल्पकालीन अन्तरिम आदेश जारी गरेकी हुन् ।
‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौँडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौँडा इजलासबाट जारी आदेशमा भनिएको छ ।
उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलो पटक फोहोर फाल्न रोक लगाइएको हो । ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर सङ्कलनको काम हाललाई आदेशबमोजिम स्थगित गरिएको बताए ।
प्रतिक्रिया