रवि लामिछाने काठमाडौं अदालत उपस्थित

मंगलबार, ०६ फागुन २०८१
काठमाडौं  : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारीको विचाराधीन मुद्दामा लामिछाने पहिलो तारिखका लागि हाजिर भएका हुन्। स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रुपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ विरुद्ध मुद्दा दायर भएको थियो । यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार