दुर्घटनामा परेर बसमा सवार बारागढी–४ का ५८ वर्षीय अनौठा चौधरी, ३३ वर्षीय हिरालाल राम, ५० वर्षीय रामबोध धामी, ५१ वर्षीय काशी चौधरी, ५५ वर्षीय कृष्ण चौधरी, ७० वर्षीय तुलसी साह, ३६ वर्षीय लालबहादुर चौधरी, ५० वर्षीय नन्दलाल साह र ३५ वर्षीय दिनेश चौधरी घाइते भएका छन् । त्यस्तै, अन्य घाइतेहरुमा १४ वर्षीय प्रमोद माझी, ५० वर्षीय जितेन्द्र चौधरी, ५२ वर्षीय वीरेन्द्र धामी, ६० वर्षीय राजदीर चौधरी, ४८ वर्षीय वीरेन्द्र चौधरी, ३६ वर्षीय दिनेश चौधरी, ५२ वर्षीय जयराम चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी, ६८ वर्षीय सुजन चौधरी, ५३ वर्षीय तोकन चौधरी र ६० वर्षीय गिरिश कानु रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरु सबै जन्ती आएका थिए । घाइतेमध्ये केहीको उपचार जारी छ भने केही डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार यान्त्रिक गडबडीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्यस्तै, संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा बालुवा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे २ त १९२९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सीमा खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर ट्याक्टर चालक संखुवासभाको चैनपुर नगरपालिका–६ का अन्दाजी १९ वर्षीय रवि बराईलीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार राति ९ः४५ बजेतिर जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया