ओलम्पिक छनोट : नेपाल र भियतनाम भिड्दै

शनिबार, २५ चैत्र २०७९
काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल आज भियतनामलाई हराउने योजनामा हुनेछ । तर, भियतनामलाई हराउँन सहज हुनेछैन । यता, भियतनाम पनि नेपाललाई दोस्रो खेलमा समेत हराउँन चाहन्छ । भियतनाम नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ । दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ । यता, नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोसो खेलमा पहिलो खेलमा गरेको गल्तीहरु सुधार गर्ने बताएका थिए । छनोटको समूह 'सी' मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो ।  समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार