कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले तीनै तहका सरकारले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने दायित्व रहेको उल्लेख गरे। साथै, जनताको त्याग र बलिदानबाट प्राप्त अधिकारलाई जोगाइराख्न आवश्यक रहेको उनले बताए।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले भाषा बोले पनि लिपि नबुझ्दा भाषा लोप हुने सम्भावना रहेकाले पुस्तान्तरणको लागि लिपिको ज्ञान अनिवार्य भएको बताए। यस प्रशिक्षणले भाषा र संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ। साथै, जातीय संस्थाहरूलाई बजेट विनियोजन गर्दा जनसङ्ख्याको आधारमा गर्नुपर्ने सुझाव पनि अध्यक्ष राईले दिए।
किरात सिरिजङ्गा लिपि समुदाय स्तरमा विस्तार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको किरात राई यायोक्खा धरान नगर समितिका अध्यक्ष लिला राईले जानकारी दिए। कार्यक्रममा सहजीकरण किरात प्रज्ञा परिषद्का सदस्य तथा किरात सिरिजङ्गा लिपि कार्यदलका सदस्य गणेश वाम्बुले राईले गरेका छन् ।
प्रतिक्रिया