काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु

आइतबार, १० चैत्र २०८१
काठमाडौं : काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो। अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन। शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार