चितवन : आचार्य बन्धु समाज नेपाल चितवनको वार्षिक अधिवेशनमा शङ्कर प्रसाद आचार्यलाई पुनः सभापति चयन गरिएको छ।
पूर्व निर्णय अनुसार आज भएको अधिवेशनमा श्री आचार्य सर्वसम्मत रुपमा सभापति पदमा निर्वाचित भए।
यस अधिवेशनमा उपाध्यक्षमा रमेश आचार्य, सचिवमा गोविन्द आचार्य र कोषाध्यक्षमा रामचन्द्र आचार्य चयन भएका छन्।
सदस्यहरूको रुपमा रेसमलाल आचार्य, मायानाथ आचार्य, गङ्गा प्रसाद आचार्य, प्रतिमा पाण्डे आचार्य, गोविन्द प्रसाद आचार्य (कालीका), डिल्लीराम आचार्य, सिता आचार्य (भरतपुर), भोजराज आचार्य, पार्वती आचार्य र पवित्रा आचार्यको नाम समावेश गरिएको छ। यसरी १५ सदस्यीय नयाँ समिति गठन गरिएको छ।
अधिवेशनले कमल प्रसाद आचार्य (कालीका)लाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ। निर्वाचन प्रक्रिया पूर्व न्यायाधीश ईश्वर राज आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति द्वारा सम्पन्न गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा कौडिन्य सगोत्रीय महासमाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य उपस्थित थिए। उनले आचार्य समाजको एकता र सामाजिक आवश्यकतामा थप जोड दिएका थिए।
उनले आचार्य परिवारलाई महत्त्वपूर्ण मान्दै चितवनमा आचार्य समाजको क्रियाकलापलाई बढावा दिन आवश्यक रहेको बताएका थिए।
वंशावली विमोचनपछि उक्त वंशावली सहभागी सबैलाई निःशुल्क वितरण गरिएको थियो। सचिव गोविन्द प्रसाद आचार्य र कोषाध्यक्ष रामचन्द्र आचार्यले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजका विभिन्न गतिविधिहरूको जानकारी दिए।
यस अधिवेशनमा साहित्यकार उदय अधिकारी, शिक्षाविद् रमाकान्त सापकोटा, न्यौपाने समाजका अध्यक्ष रामहरि न्यौपाने, सापकोटा कल्याण समाजका सचिव विष्णु सापकोटा र अन्य विशिष्ट व्यक्तिहरूले आचार्य समाजको आगामी योजनाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।
आचार्य बन्धु समाज नेपाल चितवनको यो ऐतिहासिक कार्यक्रममा आचार्य समाजका सदस्य र अन्य प्रमुख व्यक्तिहरूको सहभागिता देख्न योग्य थियो।
प्रतिक्रिया