विराटनगर : विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर "त्रिशक्ती रङ्गमहल" को औपचारिक उद्घाटन गरिएको छ। यो कार्यक्रम आइतबार विशेष समारोहका बिचमा सम्पन्न भएको हो।
त्रीशक्ती रङ्ग महलका सञ्चालक मिलन दहाल र भरत अधिकारका अनुसार, यस डिलरको उद्देश्य विराटनगर, बुढिगङा र आसपासका ग्रामीण क्षेत्रहरूमा रङ्गसम्बन्धी सेवाहरू प्रदान गर्नु हो। यस डिलरलाई लगभग ३० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष कमल कार्की, प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतम, प्रमुख सञ्चालन अधिकृत मणिकुमार आचार्य लगायतका प्रमुख व्यक्तित्वहरू उपस्थित थिए।
डिजिटल पेन्ट्सका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन् र यसले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित "वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन", ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी जस्ता उत्पादनहरू उपलब्ध गराएको छ।
पूर्वी क्षेत्रमा रङ्गमा आत्मनिर्भरता ल्याउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबिच लोकप्रियता प्राप्त गरेको छ।
प्रतिक्रिया