ईपीएल : लखनउ शीर्ष स्थानमा

शनिबार, २५ चैत्र २०७९
काठमाडौँ । लखनउ सुपर जायन्ट्सले तीन खेलमा दोस्रो जित निकाल्दै शुक्रबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । उसको चार अंक भएको छ । यसका लागि लखनउले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गर्‍यो । हैदराबादको यो लगातार दोस्रो हार हो र १० टिम सम्मिलित प्रतियोगिताको पुछारमा छ । पहिले ब्याटिङ गरेको हैदराबादले आठ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । त्यसमा राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । जवाफमा लखनउले १६ ओभरमा पाँच विकेट गुमाउँदै १ सय २७ रन बनायो । उसका लागि ३४ रन बनाएर तीन विकेट पनि लिएका क्रुनाल पान्ड्या ‘प्लेयर अफ द म्याच’ भए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार