रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षति विवरण सङ्कलन गर्न थालेको छ ।
शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले चन्द्रपुर नगरपालिका वाड नम्बर ३ का कृषकले लगाएको मकै र केरा खेतीमा बढी क्षति गरेको हो । वार्ड कार्यालयले एक सूचना जारी गरी असिना पानी हावाहुरीबाट अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेकाले विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।
असिना पानीबाट घर गोठमा पुगेको क्षति विवरण पनि दिन सकिने वार्ड अध्यक्ष बोधराज देवकोटा ९रबी०ले बताए । असिना पानीबाट आफ्नो वाडमा बढी क्षति गरेको उनले दाबी गरेका छन् ।
उनका अनुसार असिना पानीबाट मर्कामा परेका कृषकलाई राहतका लागि पहल गर्ने उनले बताए । वृन्दावन नगरपालिका–१ बलेरीका किसान प्रेमलाल पटेल १० कठ्ठा, रवीन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँ बालीमा पनि क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गौरले असिना पानीबाट भएको क्षति विवरण सङ्कलन भइरहेको जनाएको छ ।
प्रतिक्रिया