सालकको खपेटा सहित एक जना पक्राउ

सोमबार, ११ चैत्र २०८१
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ पानी घाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रुपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौँ थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार