करोडाैँ भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

सोमबार, ११ चैत्र २०८१
काठमाडौं : भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ६५ वर्षीय उप्रेतीलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले वनस्थलीबाट पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गर्दै दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई खोजी गर्दै पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ। अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार