इलाम । रोङ गाउँपालिका ३ चिन्डेपानीमा गए राति तिलविक्रम खवासको घरमा आगलागी भएको छ। छिमेकीहरूले घरमा आगो लागेको थाहा पाएर होहल्ला गरेपछि घटना सार्वजनिक भएको हो। आगलागीबाट घरभित्र रहेका कुनै पनि सामग्री बाहिर निकाल्न नसकिएको बताइएको छ।
स्थानीय शारदा आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्षसमेत रहेका खवास आगलागीपछि छिमेकमा शरण लिन बाध्य भएका छन्।
गाउँपालिका अध्यक्ष मणिकुमार श्याङ्बो, उपाध्यक्ष विष्णुमाया खवास, वडा अध्यक्ष मातृका बराललगायत जनप्रतिनिधिले आगलागीबाट पीडित परिवार लाही राहत हस्तान्तरण गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी हाँस पोखरी उपशाखाले बिहानै राहत सामग्री हस्तान्तरण गरेको उपशाखा सचिव गणेश अर्यालले जानकारी दिए। राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको उपस्थिति थियो।
आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ।
प्रतिक्रिया