काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज आठौँ चरणको खेल सुरु हुँदै छन् ।
साविक विजेता मच्छिन्द्र फुटबल क्लबले आजै खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल च्यासल स्टेडियममा दिउँसो २ बजे सुरु हुनेछ ।
मच्छिन्द्र सात खेलबाट नौ अंक जोड्दै तालिकाको नवौँ स्थानमा छ । खुमलटारविरुद्ध मैदान उत्रदा मच्छिन्द्र लिगमा लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । उसले अघिल्लो खेलमा संकटा क्लबलाई २ - १ गोलले पराजित गरेको थियो ।
भुटानी स्ट्राइकर चेन्चे ग्याल्छेन भने ए डिभिजन लिगमा अझै पहिलो गोलको खोजीमा छन् । मच्छिन्द्रबाट दुई खेल खेलिसकेका उनले गोल गर्न सकेका छैनन् ।
खुमलटार सात अंकका सात दशौँ स्थानमा छ । पछिल्लो खेलमा उसले जावलाखेल युथ क्लबसँग २ - २ गोलको बराबरी खेलेको थियो ।
आजै हुने अर्को खेलमा जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन् । यो खेल २ बजेनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
सातौ चरणको खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग तीन - तीन गोलको रोमान्चक बराबरी खेलेको थियो । नौ अंक जोडेको आर्मी आठौँ स्थानमा छ । १४ अंकका साथ जावलाखेल दोस्रो स्थानमा छ । यदि आज जित हात पारे जावलाखेल तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
प्रतिक्रिया