पथरी / शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा १३६ खेलाडीलाई पछि पार्दै नेपालीले उपाधि जितेका हुन्।
उनले उपाधिसहित ५१ हजार पुरस्कार प्राप्त गरे। फ्रेण्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए। तिम्सिनाले ३५ हजार र नेपालले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
चौथो भएका पुकार राईले रु २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो लगायतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत भए।पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।
प्रतिक्रिया