नेकपा एमालेको पाथरीशनिश्चरे अध्यक्षमा गिरी

विहीबार, २८ चैत्र २०८१
विराटनगर : नेकपा (एमाले) पथरीशनिश्चरेको अध्यक्षमा सञ्जीव गिरी निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगर कमिटीको दोस्रो अधिवेशनबाट गिरी निर्वाचित भएका हुन् । पार्टीको नगर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा गिरीले ८१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी बाबुराम एङ्देनले ७६ र अध्यक्षका अर्का उम्मेदवार यम गुरागाईंले ९ मत पाए । उपाध्यक्षमा नैना राई ९८ मतसहित विजयी भइन् । प्रतिस्पर्धी अरुणा राईले ४० मत ल्याएन् । सचिवमा विरोज मगर ६५ मतका साथ निर्वाचित भए । प्रतिस्पर्धी काशीहाङ राईले ५६ मत पाए । उपसचिवमा मनी शुब्बा ५३ मतसहित निर्वाचित भए । प्रतिस्पर्धी निर्मल कटुवालले ४० मत पाए । कूल १ सय ७४ जना मतदाता रहेकोमा १ सय ६९ मत खसेको निर्वाचन आयोगका प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार