अध्यक्ष माझीले कार्यबाहक दिएका ग्रामथान–३ का वडाध्यक्ष रमेशकुमार भगत[/caption]
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्य विभाजन र कार्यसम्पादन भन्ने व्यवस्थाअन्तर्गत उपदफा (४) को (क)मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६ (४) को देहाय (ख) (२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएको पाइयो,’ आदेशमा भनिएको छ, ‘उल्लेख गरिएको कानुनी व्यवस्थाको आधारमा स्थानीय तहका निर्वाचित प्रतिनिधिले आफ्नो काम कर्तव्य र अधिकारको असल नियतले प्रयोग र पालना गर्नुपर्ने देखिन्छ ।’
रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रहिरहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आएको आदेशमा उल्लेख छ ।
माझी गत मङ्सिरको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष थारु नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन् । अध्यक्ष र उपाध्यक्षबिचको सम्बन्ध राम्रो छैन । उपाध्यक्षलगायतका जनप्रतिनिधिसँग सम्बन्ध सुधार गर्न नसकेका माझीमाथि मनपरी ढङ्गबाट विवादास्पद निर्णय गरिरहेको आरोप लाग्ने गरेको छ ।
अध्यक्ष माझी भने चीन भ्रमणमा रहेका छन् । चीन भ्रमणमा जान लाग्दा आफ्नो बिदाइमा नआएका कारण उपाध्यक्षलाई कार्यवाहक दिन नसकेको माझीले बताउने गरेका छन् ।
आदेश

प्रतिक्रिया