ऋचा मेमोरियल क्रिकेटः एनबीएससी फाइनलमा

शनिबार, ०२ बैशाख २०८०
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो । शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो । एनबीएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १८७ रनमा समेटियो । पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका हिर्काउँदै ४५ रन बनाए । अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए । दिलिपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का र २ चौका प्रहार गरे । प्रेम तामाङ्गले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए । पुलिसका अरु ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरन बाध्य भयो । एनबीएससीका विधान गोस्वामीकोे घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राहुल चौधरी, अुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए । यसअघि एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीलाई फाइनलमा पु¥याउन अलराउन्डडर खेलाडी रवि शर्माले बिस्पोट ब्याटिङ र घातक बलिङ गरे । उनले ३६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय ईङनिङ खेले । इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनयको योगदान दिए । इमरानले २ छक्का र ६ चौका प्रहार गरे । मुकुन्दले २ चौका हिर्काए । राहुल चौधरीले १० बलमा २२ रन, माइनकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिए । बलिङमा पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए । रिसदले ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए । सुदुरपश्चिमको पहिलो जित यसअघि भएको पहिलो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्लीले लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो । सुदुरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । दिल्लीका अलराउन्डर खेलाडी साकेट केडियाले क्रिजमा घातक बलिङ र बिस्फोट ब्याटिङ गरेतापनि जित टिमको पक्षमा पार्न असफल भए । उनले ३१ बलमा ७ छक्का र ४ चौका हिकाउँदै ६१ रनको अर्धशतकीय ईङनिङ खेले । मनिष कुमारले २६ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै अविजित ४४ रनको योगदान गरे । मोहितले १५ बलमा २० रन पारी खेल्दा अरिन्द्रले ५ बलमा १६ रनको योगदान गर्दा दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् । बलिङमा सुदुरपश्चिमका दिपक बोहराले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कैलाशले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए भने विशाल चौधरी, नरेन साउद र जोगेन्द्र बोहराले समान १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रनको विशाल योगफल खडा गरेको थियो । गजेन्द्र बोहराले २६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय ईङनीङ खेले । अलराउन्डर खेलाडी दिपक बोहराले १३ बलमा ३२ रन जोडे । उनले २ छकका र ४ चौका हिर्काए । दिपक बोहरा ‘बी’ ले ११ बलमा ३ छक्का हिर्काउँदै २३ रन पारी खेल्दा उत्तम थापा मगरले १८ बलमा २७ रनको योगदान दिए । हरेनले १२ बलमा अविजित २३ रन पारी खेल्दा नरेशले १७ रन बनाए । दिल्लीका अलराउन्डर खेलाडी सकेट केडियाले घातक बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर पाँच विकेट लिन सफल भए । अलराउन्डर खेलाडी केडिया खेलको म्यान अफ द म्याच पनि घोषित भए । उनले ५ विकेट र ३१ बलमा ६१ रनको योगदान गरेका थिए । यस्तै मोहितले २ विकेट, अंकित गोस्वामी र भुर्माले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार