काठमाडौं । भारतको पूर्वी राज्य बिहार मोतिहारीमा विषाक्त मदिरा पिउँदा ३२ जनाको मृत्यु भएको छ ।
गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुले शनिवार विषाक्त जाँड–रक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले जानकारी दिएका छन् ।
विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा विषाक्त जाँड–रक्सी खाएर ज्यान गुमाउने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।
Discussion about this post